तराईमा हावाहुरी, पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना

हिमाल प्रेस २१ फागुन २०७९ ६:३१
6
SHARES
तराईमा हावाहुरी, पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ- पश्चिम नेपालको तराई क्षेत्रमा आज (आइतबार) हावाहुरीको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही ठाउँमा हावाहुरीको सम्भावना रहेको हो।

साथै कोसी, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागमा भने मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार कोसी र बागमती प्रदेशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित: २१ फागुन २०७९ ६:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =