‘मुलुकको हितका लागि राष्ट्रपतिको प्रस्तावलाई महत्त्व दिइनँ’

हिमाल प्रेस २० फागुन २०७९ १८:०४
2
SHARE
‘मुलुकको हितका लागि राष्ट्रपतिको प्रस्तावलाई महत्त्व दिइनँ’

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको हितलाई केन्द्रमा राखेर राष्ट्रपतिको प्रस्तावलाई महत्त्व नदिएको बताएका छन्। शनिबार काठमाडौँमा पार्टी निकट दलित मुक्ति संगठनको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले राष्ट्रपतिको प्रस्ताव आए पनि अस्वीकार गरेको बताएका हुन्।

राष्ट्रपतिको चुनावको सन्दर्भमा आफ्नो पार्टीमा प्रस्ताव आएको भन्दै पदलाई नभएर नेपालको राजनीतिलाई स्थायित्वलाई महत्त्व दिएको उनको भनाइ थियो। देशलाई अघि बढाउन पार्टीको स्वार्थलाई त्याग्दै आठ दलीय गठबन्धनमार्फत सहमतिमा राष्ट्रपति उम्मेदवार सिफारिस गरिएको नेपालले बताए।

नेपालको राजनीतिमा अहिले पनि आफ्नो पार्टीको धेरै भूमिका रहेकाले नै विभिन्न प्रस्तावहरू आइरहेको उनको भनाइ थियो। ‘वर्तमान सरकारलाई पार्टीको समर्थन छ। विश्वासको मत लिने बेला पनि समर्थन रहन्छ,’ उनले भने, ‘वर्तमान सरकारलाई पूर्णता दिएर देशैभरी आठ दलीय गठबन्धनको सरकार बनाउन अघि बढिरहेका छौं।’

अध्यक्ष नेपालले अहिले कम्युनिष्ट एकताको खाँचो रहेकाले नेकपालाई ब्यूंताउन पहल गर्नुपर्ने बेला भएको बताए। आफ्नो पार्टी अरु पार्टीमा समाहित नहुने बरु सम्मानजनक एकताको पक्षमा रहेको उनको जिकिर थियो।

प्रकाशित: २० फागुन २०७९ १८:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + five =