‘छक्कापञ्जा ४’ र ‘छडके २’आजदेखि हलमा

हिमाल प्रेस १९ फागुन २०७९ १२:०१
12
SHARES
‘छक्कापञ्जा ४’ र ‘छडके २’आजदेखि हलमा

काठमाडौँ- फिल्म ‘छक्कापञ्जा ४’ र ‘छडके–२’ आजदेखि प्रदर्शनरत छन्। बिहानैबाट दुवै फिल्म हेर्न दर्शकको भीड लागेको छ। चर्चित ‘ब्रान्ड’ छक्कापञ्जा ४ र चर्चित चकलेटी नायक अनमोल केसी फिल्म एकैपटक हलमा लाग्दा दर्शक भने बाँडिएका छन्।

‘छक्कापञ्जा’ ब्रान्ड सधै आकर्षक व्यापार गर्नेमा पर्छ। यतिसम्मकै छक्कापञ्जा ४को ‘ग्रस’ तोड्न फेरि छक्कापन्जा नै आउनुपर्छ। आज बिहानको ‘शो’ मा पनि छक्कापञ्जाको व्यापार उत्कृष्ट रह्यो।

यता छड्के २ को पनि व्यापार पनि सुखद नै रह्यो। तर छक्कापञ्जा ४को तुलनामा उपत्यकामा छड्केको ‘शो’ कम छ।
छड्के १ बाटै यो ब्रान्ड पनि चर्चामा छ। यसपटक नायक अनमोल केसीको ‘इन्ट्री’ भएको छ।

हेमराज विसीले निर्देशन गरेको फिल्म ‘छक्कापक्का पञ्जा ४’ मा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ।
दीपकराज गिरीको कथामा तयार भएको फिल्म नरेन्द्र मैनालीले छायांकन गरेका छन्।

यता ‘छडके २’ निगम श्रेष्ठको निर्देशनमा बनेको छ। मुख्य कलाकारमा अनमोल केसी छन्। चकलेटी हिरोको छवि बनाएका अनमोल छडके–२ मा ग्याङ्स्टारको भूमिकामा देखिएका छन्।

फिल्ममा अन्य कलाकार रेशा आले मगर,कमलमणी नेपाल, रविन तामाङ, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, सन्तोष मिजार, अफरान अलिलगायतको अभिनय रहेको छ।

प्रकाशित: १९ फागुन २०७९ १२:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =