नेपाल एयरलाइन्सको टिकट काट्दा आइएमई पेबाट भुक्तानी गर्न सकिने

हिमाल प्रेस १५ फागुन २०७९ १९:४५
8
SHARES
नेपाल एयरलाइन्सको टिकट काट्दा आइएमई पेबाट भुक्तानी गर्न सकिने

काठमाडौँ- नेपाल एयरलाइन्सको वेबसाइटबाट टिकट काट्दा भुक्तानी सेवा प्रदायक आइएमई पेबाट भुक्तानी सकिने भएकाेछ। त्यसका लागि नेपाल एयरसाइन्स र आइएमई पे कम्पनीबीच सम्झौता गरिएको छ।

सम्झौता अनुसार ग्राहकले नेपाल एयरलाइन्सको वेबसाइटबाट टिकट बुक गर्दा आइएमई पेमार्फत् भुक्तानी गर्नसक्नेछन्। नेपाल एयरलाइन्सको वेबसाइटमा गई आफ्नो गन्तव्य र मिति छान्नुपर्नेछ। सोही क्रममा मागिएको विवरण भरी चेकआउट गर्दा आइएमई पे छनौट गरी भुक्तानी गर्न सकिनेछ।

ग्राहकलाई भुक्तानी सहज गर्न र विद्युुतीय भुक्तानीमा प्रोत्साहन गर्ने उद्देश्यले सम्झौता गरिएको आइएमई पेले जानकारी दिएको छ।

प्रकाशित: १५ फागुन २०७९ १९:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + three =