गठबन्धन राष्ट्रपति निर्वाचनसम्म मात्र होइन लामो समय जारी रहन्छ : निधि

हिमाल प्रेस १३ फागुन २०७९ १९:१२
10
SHARES
गठबन्धन राष्ट्रपति निर्वाचनसम्म मात्र होइन लामो समय जारी रहन्छ : निधि

काठमाडौँ– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कांग्रेसले कोर्ष करेक्सन गरेर अघि बढेको बताएका छन्। शनिबार काठमाडौँमा स्व.महेन्द्र नारायण निधीको १०१ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

तत्कालीन अवस्थामा कांग्रेससहितको गठबन्धनलाई निरन्तरता दिन नसके पनि कांग्रेसले कोर्ष करेक्सन गरेर अघि बढेको उनको भनाइ छ।

आठदलीय गठबन्धन लामो समयसम्म जारी रहने बताउँदै उनले अबको गठबन्धन राष्ट्रपति निर्वाचनसम्म मात्रै नभई लामो समयसम्म जारी रहने उल्लेख गरे।

‘हामी तत्कालीन गठबन्धनले निर्वाचनमा होमिएका थियौँ। तर निर्वाचनको नतिजा आइसकेपछि हामीले गठबन्धनलाई निरन्तरता दिन सकेनौँ। तर अहिले पुनः नेपाली कांग्रेसले कोर्ष करेक्सन गरेर अघि बढेका छौँ। यो गठबन्धन अब पुनः देशलाई अघि बढाउनका लागि अघि लाग्नेछ,’ उनले भने,’आज बिहान कांग्रेसले निर्णय गरेर पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ। साथै उम्मेदवारी दर्ता पनि भइसकेको छ। अब यो गठबन्धन राष्ट्रपति निर्वाचनसम्म मात्रै नभइ लामो समयसम्म अघि बढ्नेछ।’

प्रकाशित: १३ फागुन २०७९ १९:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 10 =