अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा बहुभाषिक कविता महोत्सव

हिमाल प्रेस ११ फागुन २०७९ २१:५६
2
SHARE
अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा बहुभाषिक कविता महोत्सव

काठमाडौँ- काठमाडौँस्थित भारतीय दूतावासले अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा कविता महोत्सव आयोजना गरेको छ। दूतावासले त्रिभुवन विश्वविद्यालयको हिन्दी केन्द्रिय विभाग, नेपाल संस्कृति विश्वविद्यालय र अक्षरयात्री प्रतिष्ठानसँगको सहकार्यमा ‘नेपाल–भारत बहुवाषिक कविता महोत्सव’ आयोजना गरेको हो। महोत्सवमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रको पनि सहभागिता रहेको दूतावासले जानकारी दिएको छ।

कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले यस्ता कार्यक्रमले मातृभाषाको महत्त्वलाई उजागर गर्दै नेपाल र भारतबीचको सांस्कृतिक र साहित्यिक सम्बन्ध थप प्रगाढ हुने बताए। कार्यक्रममा भारतीय दूतावासका अधिकारीसहित भारतका प्रतिष्ठित मराठी साहित्यकार डा. स्वाती शिंदे पवार, नेपालका वरिष्ठ लेखक तथा साहित्यकार डा. गंगाप्रसाद अकेला र त्रिभुवन विश्वविद्यालय हिन्दी विभागकी प्रमुख डा. सञ्जिता वर्मालगायतको उपस्थिति थियो।

कार्यक्रममा भारत र नेपालका कविहरूले संस्कृत, हिन्दी, मराठी, नेपाली, डोटेली, मैथिली, अवधी, भोजपुरी, बंगाली, पञ्जाबी, उर्दू र अंग्रेजी भाषाहरूमा कविता वाचन गरेका थिए। कार्यक्रममा एक सय जनाभन्दा बढी कवि, साहित्यकार, भाषाविद् र लेखकहरूको सहभागिता रहेको काठमाडौंस्थित भारतीय दूतावासले जानकारी दिएको छ।

प्रकाशित: ११ फागुन २०७९ २१:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =