ट्रयाक्टर दुर्घटनामा दुई जनाको मृत्यु

हिमाल प्रेस ८ फागुन २०७९ १५:३३
6
SHARES
ट्रयाक्टर दुर्घटनामा दुई जनाको मृत्यु

वालिङ- गएराति स्याङ्जाको वालिङमा ट्रयाक्टर दुर्घटनामा घाइते भएका दुवै जनाको उपचारका क्रममा मृत्यु भएको छ। वालिङ ६ आपडालीस्थित भित्री सडकमा जगतभञ्ज्याङबाट वालिङतर्फ आउँदै गरेको ग १ त ६८८६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक र सहचालक दुबैको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रविन्द्र खनालले बताए।

ट्रयाक्टर चालक स्याङ्जाको चापाकोट नगरपालिका २ धुर्कोट बस्ने ३२ वर्षीय नवीन सुनार र वालिङ नगरपालिका ८ मिर्दी बस्ने १४ वर्षीय सहचालक सोविन विकको उपचारकाक्रममा मृत्यु भएको हो।

चालक सुनारको टाउको र ढाडमा चोट लागेको थियो। उनको वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको हो। टाउको र दायाँ खुट्टामा चोट लागेका सहचालक विकको थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको थियो। उनको उपचारका क्रममा गएराति नै अस्पतालमै मृत्यु भएको हो। आइतबार राति ८ बजेतिर ट्रयाक्टर सडकबाट अन्दाजी १५ मिटर तल खसेको थियो। रासस

प्रकाशित: ८ फागुन २०७९ १५:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =