कांग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार

हिमाल प्रेस ८ फागुन २०७९ १४:५४
26
SHARES
कांग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार फाइल तस्बिर

काठमाडौँ- ग्यास सिलिन्डर चुहिएर घाइते भएका नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार परीक्षणका रुपमा भेन्टिलेटर हटाइएको छ।

गत बिहीबारदेखि भारतको मुम्बईस्थित नेसनल वर्न सेन्टरमा उपचाररत भण्डारीको स्वास्थ्यमा सुधार आएपछि परीक्षणका रुपमा भेन्टिलेटर हटाइएको उनका सहयोगी माधव न्यौपानेले जानकारी दिए।

उनका अनुसार आज बिहानसम्म नेता भण्डारीको सबै स्वास्थ्य ‘पारामिटर नर्मल’ रहेको छ। भण्डारीलाई अहिले ज्वरो नआएको र सुन्निएको भागसमेत घट्दै गएकाले स्वास्थ्य सामान्यतर्फ गइरहेको न्यौपानेको भनाइ छ।

गत बुधबार राति आफ्नै निवासमा ग्यास सिलिन्डर चुहिएर सांसद भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए। घटनालगत्तै उनीहरू दुवैजनाको कीर्तिपुरस्थित कीर्तिपुर वर्न अस्पतालमा उपचार गरिएको थियो। आमा हरिकलाको भने उपचारका क्रममा बिहीबार बिहान निधन भएको थियो।

नेता भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि बिहीबार नै श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेसनल वर्न सेन्टरमा थप उपचारका लागि लगिएको थियो। नेता भण्डारीको दुवै हात र दुवै खुट्टा गरी २५–३० प्रतिशत जलन भएको थियो। रासस

प्रकाशित: ८ फागुन २०७९ १४:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =