२०२२ मा मानव अधिकार उल्लंघनका घटना बढे, ७ हजारभन्दा बढी पीडित

हिमाल प्रेस ७ फागुन २०७९ १६:२८
6
SHARES
२०२२ मा मानव अधिकार उल्लंघनका घटना बढे, ७ हजारभन्दा बढी पीडित

काठमाडौँ- सन् २०२२ मा मानव अधिकार उल्लंघनका घटना बढेका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अनुसार अघिल्लो वर्ष २०२१ को तुलतामा गत वर्ष मानव अधिकार उल्लंघनका घटना बढेका हुन्। २०२१मा मानव अधिकार उल्लंघनका घटनामार्फत् ६ हजार २ सय ८५ जना पीडित भएकामा गत वर्ष २०२२ मा ७ हजार ३ सय ७६ जना पीडित भएका इन्सेकले जानकारी दिएको छ।

आइतबार काठमाडौँमा ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३’ सार्वजनिक गर्दै इन्सेकले सन् २०२२ मा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाबाट ७ हजार ३ सय ७६ जना पीडित भएका उल्लेख गरेको हो। मानव अधिकार वर्ष पुस्तकमा सन् २०२२ मा राज्य पक्षबाट भएका मानव अधिकार उल्लंनका घटनामा ५० महिला र ५ सय ७२ पुरुष गरी ६ सय २२ जना तथा अन्य पक्षबाट भएका ज्यादतीका घटनामा ५ हजार ९ सय ४४ जना महिला, ८ सय ७ पुरुष र तीन जना यौनिक तथा लैंगिक अल्पसंख्यक रहेको इन्सेकले उल्लेख गरेको छ।

आइतबार आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३’ सार्वजनिक गरेका थिए। सो क्रममा घिमिरेले सांसदहरूले जनताको अधिकार स्थापित गर्न गम्भीरताका साथ लाग्नुपर्ने बताए। संसदलाई जनाधिकारप्रति उत्तरदायी बनाउन अहिले थप चुनौती देखापरेको उनको भनाइ थियो। संसदलाई जनउत्तरदायी बनाउन सभामुखको हैसियतले आफुले आवश्यक काम गर्ने उनले बताए। संक्रमणकालीन न्यायसम्बन्धी आयोगको म्याद पटक पटक थप गर्दा पनि काम गर्न नसक्नु दुखद भएको र यसमा सरकार गम्भीर हुनुपर्ने पनि सभामुख घिमिरेले बताए।

इन्सेकले वर्ष पुस्तकमा दलहरूको ध्यान सत्ता राजनीतिमा केन्द्रित हुँदा जनताको अधिकार संरक्षणमा सरकारले सफलता पाउन नसकेको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै संक्रमणकालीन न्यायका बाँकी काम सम्पन्न गर्नुपर्नेमा सरकारको परिणाममूखी तदारुकता नदेखिएको पनि प्रतिवेदनमा उल्लेख छ। इन्सेकले सन् १९९२ देखि प्रत्येक वर्ष वर्ष पुस्तक प्रकाशन गर्दै आएको छ।

प्रकाशित: ७ फागुन २०७९ १६:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − twelve =