कर्णालीका परिकार : जौँको लड्डू र फापरको मममा उपभोक्ताको आकर्षण

हिमाल प्रेस ४ फागुन २०७९ १७:५६
14
SHARES
कर्णालीका परिकार : जौँको लड्डू र फापरको मममा उपभोक्ताको आकर्षण

काठमाडौँ- भृकुटीमण्डपमा चलिरहेको ‘नेपाल १६औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव’मा राखिएका कर्णालीका खानाका परिकारमा अलोकनकर्ताको आकर्षण देखिएको छ। महोत्सवमा प्राकृतिक रेशाजन्य उत्पादन, कर्णालीका खानाका परिकार तथा स्थानीय मौलिक उत्पादनहरूमा अवलोकनकर्ता तथा उपभोक्ताको आकर्षण देखिएको हो। स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले प्रत्येक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी फागुन २ गतेदेखि चलिरहेको छ।

प्रदर्शनीमा अल्लो, सिस्नो, केरा, गाँजा, बाँस, केतुकी, भूँइकटहरलगायतका प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन राखिएका छन्। त्यस्तै कर्णालीका मौलिक परिकार जौँको लड्डू, फापरको मः मः, मार्सीको खिर, चिनोको सेल उपभोक्ताले निकै मन पराएको आयोजकको दाबी छ।

यसैगरी राउटे समुदायले बनाएका काठका सामग्री, तेह्रथुमको ढाका, संखुवासभाको करुवा, भोजपुरको खुकुरी, जैविक स्रोतबाट बनेका श्रृंगारका सामग्री तथा महबाट बनेका सौन्दर्य प्रसाधनका सामग्रीमा पनि उपभोक्ताको आकर्षण छ। यसअघि कोरोना महामारीका कारण विगत तीन वर्षदेखि प्रदर्शनी हुन सकेको थिएन।

प्रकाशित: ४ फागुन २०७९ १७:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − three =