राष्ट्रपतिका लागि राष्ट्रिय सहमति आवश्यक छ : नारायणकाजी श्रेष्ठ

हिमाल प्रेस ४ फागुन २०७९ १५:४९
4
SHARES
राष्ट्रपतिका लागि राष्ट्रिय सहमति आवश्यक छ : नारायणकाजी श्रेष्ठ

कर्णाली– भौतिकपूर्वाधार तथा यातयातमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रपतिको चुनावमा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन्।

वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठले प्रधानमन्त्रीमा भएको राष्ट्रिय सहमति जस्तै राष्ट्रपतिमा पदमा पनि सबै दलको सहमति आवश्यक रहेको बताएका हुन्।

अहिलेको समीकरणलाई कायमै राखेर फागुन २७ गते हुने राष्ट्रपति लागि सहमति चाहिएको उनको भनाइ छ।

‘हाम्रो कारणले त्यस्तो परिस्थिति सिर्जना गर्नु हुँदैन भन्ने कुरामा हामी प्रष्टै छौँ। वर्तमान सरकारलाई प्रतिनिधिसभामा सहभागी ९९ प्रतिशतले विश्वासको मत दिएका छन्,’ उनले भने, ‘सबैजसो पार्टीले प्रधानमन्त्रीलाई समर्थन गरेर विश्वासको मत दिँदा यो एउटा ऐतिहासिक परिघटना बनेको छ।’

सबै दलको भावना समेटिने गरी राष्ट्रपतिको चुनाव सम्पन्न गर्नु अहिलेको प्रधान विषय रहेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो। सदनमा प्रतिनिधित्व गर्ने सबै दलको सहमतिमा राष्ट्रिय वातावरण बनाएर राष्ट्रपति चयन गर्ने प्रयास भइरहेको उनले बताए।

प्रकाशित: ४ फागुन २०७९ १५:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =