गोंगबु घटनामा संलग्न रहेको आरोपमा ६ जना पक्राउ

हिमाल प्रेस ३ फागुन २०७९ १८:०३
1.4k
SHARES
गोंगबु घटनामा संलग्न रहेको आरोपमा ६ जना पक्राउ

काठमाडौँ- प्रहरीले काठमाडौँको गोंगबुँस्थित नयाँबसपार्क क्षेत्रमा तोडफोडमा संलग्न ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। घटनामा संलग्न भएका व्यक्तिलाई कारबाही नगरेको भन्दै सडकदेखि संसद्सम्म गृह प्रशासनको आलोचना भएपछि प्रहरीले उनीहरूलाई बुधबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा उदयपुर बलमता गापा-२ घर भई काठमाडौँ ताराकेश्वर-१० मनमैजु बस्दै आएका विक्रम राई, नुवाकोट पञ्चकन्या गापा-३ घर भई काठमाडौँ टोखा नगरपालिका-३ बानियाँटार बस्दै आएका रामहरि भण्डारी, लमजुङ बेसीसहर-५ घर भई काठमाडौँ ताराकेश्वर-१० बस्दै आएका विवेक श्रेष्ठ रहेको काठमाडौँ प्रहरीले जनाएको छ।

यसैगरी जिल्ला काभ्रेपलाञ्चोकक मानेडाडाँ घर भई काठमाडौँ महानगरपालिका-१६ बस्दै आएका राजेश तामाङ, प्युठान कडी गापा-१ घर भई गोंगबुँ बस्दै आएका दीपेन्द्र पुन मगर र काभ्रेपलान्चोक भुम्लु-२ घर भई काठमाडौँको गंगाहल बस्दै आएका आशिष खड्का पक्राउ परेका छन्।

गत आइतबार माछापोखरी चोकमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघका व्यवसायीहरूले ट्राफिक कारबाहीको विषयलगायत विभिन्न दसबुँदे माग राखी गरेको विरोध प्रदर्शन कार्यक्रममा आन्दोलनकारीले बा २ झ १४४ नम्बरको स्करपियो गाडी र बा १ झ ७२२४ नम्बरको माज्दा गाडी तोडफोड गरेका थिए।

यस्तै गाडीभित्र रहेको मोटोरेला बेस सेट, फायर स्ट्रिंगुजर, मेगा फोनलगायतका सामान पनि नष्ट भएका थियो। साथै माज्दा गाडीभित्र रहेको हाइटेरा बस सेट, फायर स्ट्रिंगइजर, मेगा फोन जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

प्रदर्शनकारीले माछापोखरी प्रहरी बिटमा ढुंगामुढा र आगजनी गर्दा हाइटेरा ह्यान्ड सेट चार्जर नष्ट भएको थियो। ती व्यक्तिलाई सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोका आधारमा हुलिया पहिचान गरी खोजतलास गर्दै जाने क्रममा बमोजिम पक्राउ गरिएको हो।

नियन्त्रणमा लिइएका व्यक्तिउपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ को दफा २८५ बमोजिम अपराधिक उपद्रव गर्न नहुने कसुरसम्बन्धी मुद्दा दर्ता गरी काठमाडौँ जिल्ला अदालतबाट दिन तीन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ। यस्तै घटनामा संलग्न आशंकामा अन्य कही व्यक्तिहरूलाई नियन्त्रणमा लिई सोधपुछ भइरहेको प्रहरीे जनाएको छ।

गोंगबु घटनाको छानबिन गरी लुटपाटमा संलग्नलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

प्रकाशित: ३ फागुन २०७९ १८:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − ten =