सांसदको सूचीमा रवि लामिछानेको नाम परेपछि…

हिमाल प्रेस २९ माघ २०७९ १६:४८
198
SHARES
सांसदको सूचीमा रवि लामिछानेको नाम परेपछि…

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्रीको नाम संसद्‌को शून्य समयमा बोल्ने सांसदको सूचीमा समावेश भएपछि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सभामुखको ध्यानाकर्षण गराएका छन्।

दोहोरो नागरिकता प्रकरणमा लामिछानेको सांसद पद खारेज भइसकेको अवस्थामा पनि नाम आएपछि उनले आपत्ति जनाएका हुन्।

‘माघ १८ गते सम्माननीय समामुखज्यूले सर्वोच्च अदालतको फैसला पढेर सुनाउनु भयो। संसद्‌बाट एक जना माननीय निलम्बित भएको र सांसद नभएको जानकारी गराउनु भयो,’ खतिवडाले भने, ‘तर आज शून्य समयमा लिस्ट वितरण गर्दा रवि लामिछानेको नाम उल्लेख गरिएको छ। यो हजुरको ‘मिस्टेक’ हो कि सचिवालयको ‘मिस्टेक’ हो सदनलाई जानकारी गराउनु पर्‍यो।’

लगत्तै सभामुख देवराज घिमिरेले टेक्निकल मिस्टेक भएको स्वीकारे। उनले यस विषयमा ध्यानाकर्षण भएको भन्दै सच्याइसकेको जानकारी गराए।

यो पनि

रवि लामिछानेको सांसद र मन्त्री पद खारेज [फैसलासहित]

 

प्रकाशित: २९ माघ २०७९ १६:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 5 =