नेपाल र स्पेनका महिला शोधकर्ताबीच अन्तरक्रिया

हिमाल प्रेस २९ माघ २०७९ १३:२८
2
SHARE
नेपाल र स्पेनका महिला शोधकर्ताबीच अन्तरक्रिया

काठमाडौँ- स्पेनस्थित नेपाली राजदूतावासले ‘कनेक्टिङ माइन्ड्स फर बेटर फ्युचर’ विषयक अनलाइन वेबिनार आयोजना गरेको छ। विज्ञानमा महिला तथा किशोरीको सहभागिता बढाउने हेतुले मनाइने अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित बेबिनारमा स्पेनका लागि नेपाली राजदूत डा.शर्मिला पराजुली ढकालले सम्बोधन गरेकी थिइन्।

राजदूत ढकालले समाज अघि बढ्न महिला तथा किशोरीले गनेै योगदानबारे चर्चा गरेकी थिइन्। समाजमा लैंगिक विभेद जति जति हट्दै जान्छ त्यति त्यति नै विज्ञान जस्तो महत्त्वपूर्ण क्षेत्रमा महिलाको सहभागिता बढ्दै जाने राजदूत ढकालको भनाइ थियो।

लैंगिक समानाता र सशक्तिकरण नेपालको संविधान र परराष्ट्र नीतिको पनि महत्त्वपूर्ण हिस्सा भएको उल्लेख गर्दै राजदूत ढकालले विश्व विज्ञानको क्षेत्रमा यत्तिको अगाडि बढ्नुमा महिला तथा किशोरीको पनि भूमिका अहम रहेको बताइन्।

वेबिनारभमा नेपाल र स्पेनका पाँच–पाँच वक्ताले आआफ्ना शोध प्रस्तुत गरेका थिए। वेबिनारमा सहभागी हुने स्पेनी नागरिकमा डा. मारिया ब्लास्को मोलिक्युलर (बाइओलजिस्ट), डा. मारिया जोसे अलन्सो (प्राध्यापक, फार्मेसी तथा फर्मासिटिकल टेक्नोलोजीकी), डा. एलिसिया सिन्ट्स (थ्योरोटिकल फिजिक्सकी जानकार), डा. मारिया डिएरसन (न्युरोबाइओलोजिस्ट) र मारिया बौसो पोसादा (अर्थ तथा स्पेस साइन्सकी शोधकर्ता) थिए।

त्यसैगरी नेपालबाट डा. हेमु खरेल काफ्ले (संस्थाकप तथा शोध निर्देशक, काठमाडौँ इन्स्टिच्युट अफ एप्लाइड साइन्सेस), डा. विजया पन्त (प्राध्यापक तथा शोधकर्ता, बोटानी), डा. सुनिला राई (प्राध्यापक, कृषि तथा वन विश्वविद्यालय), डा. मिना पौडेल (समाजशास्त्री) र रेश्मा तुलाधर (सहायक प्राध्यापक (माइक्रोबायोलजी विभाग) सहभागी थिए।

वेबिनारमा सहभागी स्पेनका औषधि तथा चिकित्सा सामग्री उत्पादक कम्पनीका प्रतिनिधिहरूलाई राजदूत ढकालले नेपालमा पनि लगानी गर्न आह्वान् गरेकी थिइन्। वेबिनारमा स्पेनको विदेश मन्त्रालयका प्रतिनिधि, विभिन्न देशका राजदूत, कूटनीतिज्ञ, स्पेनमा रहेको नेपाली समुदायका प्रतिनिधि लगायतको सहभागिता थियो।

प्रकाशित: २९ माघ २०७९ १३:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − one =