संसद्‌मा विष वमन हुन थालेको छ : रामकुमारी झाँक्री

हिमाल प्रेस २५ माघ २०७९ १३:१३
6
SHARES
संसद्‌मा विष वमन हुन थालेको छ : रामकुमारी झाँक्री

काठमाडौँ- नेकपा एकीकृत समाजवादी पार्टीकी नेत्री तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले लडेर ल्याएको संघीयता र गणतान्त्रिक व्यवस्थाविरुद्ध संसद्‌मै विष वमन हुन थालेको भन्दै चिन्ता व्यक्त गरेकी छन्। आज बुधबार काठमाडौँमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै उनले संसद्‌मै सांसदहरू संघीययताविरुद्ध उत्रिनु राम्रो संकेत नभएको बताएकी हुन्।

‘संसदमा अहिले जात्रा छ। अनेकौँको बलिदानले ल्याएको व्यवस्थाविरुद्ध विष बमन भइरहेको छ। हामीले लडेर ल्याएको यो व्यवस्थाविरुद्ध जथाभावी बोलिरहेका छन्। यो कुरा दलभित्र सही प्रणाली स्थापित नहुँदा आएको हो,’ उनले भनिन्, ‘त्यहीकारण विक्षिप्त भएको र बहिष्कृत भइसकेको जनमत अहिले स्विङ भएर संसद्‌मा आएको छ। धेरै जेल नेल भोगेर ल्याएको व्यवस्था जोगाउनुपर्नेछ।’

प्रजातन्त्रलाई अराजकतातिर लैजानतर्फ भने सबैले सजकता अपनाउनुपर्ने उनको भनाइ छ।

प्रकाशित: २५ माघ २०७९ १३:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + thirteen =