‘हृदयचन्द्र नाटक मेला’ हुने

हिमाल प्रेस २५ माघ २०७९ ११:३७
10
SHARES
‘हृदयचन्द्र नाटक मेला’ हुने

काठमाडौँ- नाट्यकर्मी समाज र आस्था सांस्कृतिक परिवारको संयुक्त आयोजनामा ‘हृदयचन्द्र नाटक मेला’ हुने भएको छ। आगामी फागुन ८ देखि १२ सम्म नाटक मेला हुनेछ।

नयाँ कलाकार जन्माउने उद्देश्यले भक्तपुरमा नाटक मेला आयोजना गर्न लागेको आयोजकको भनाइ छ। ‘अहिले सोसम्बन्धी कार्यशाला भइरहेको छ,’ आयोजक समूहका सदस्य लक्ष्मीप्रसाद चवालले बताए, ‘नयाँ कलाकार विद्यार्थीलाई प्रशिक्षण दिइँदैछ।’

कार्यशालामा हृदयचन्द्र सिंह प्रधानको व्यक्तित्व र कृतित्वबारे चर्चा गर्दै उनका एकांकीबारे विद्यार्थीलाई जानकारी गराइएको नीरज लवजुले बताए। नेपाली एकांकीलाई सैद्वान्तिक आधार दिने लेखक हृदयचन्द्र जनताको लेखक भएकोले पनि यो मेला अर्थपूर्ण हुने लवजुको भनाइ छ।

नेपाली साहित्या क्षेत्रमा थोरै समय बाँचेर धेरै सफल हुने व्यक्तिमध्ये एक हुन्, प्रधान। उनले नेपलाी भाषासाहित्यका लागि काम गरे। प्रधानका एकाङ्की नाटक सामाजिक जीवनमा आधारित हुन्छन्। निबन्ध, कथा, कवितामा पनि उनले कलम चलाए।

प्रकाशित: २५ माघ २०७९ ११:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − one =