तीनकुनेमा जिप दुर्घटना, एकको मृत्यु

हिमाल प्रेस २५ माघ २०७९ ८:५६
2
SHARE
तीनकुनेमा जिप दुर्घटना, एकको मृत्यु

काठमाडौँ- तीनकुनेमा जिपसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका भक्तपुरको सूर्यविनायक नगरपालिकाका २३ वर्षीय नोजन राईको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा बुधबार बिहान साढे ३ बजे मृत्यु भएको हो।

मोटरसाइकलमा पछाडि बसेका सूर्यविनायक नगरपालिका २ बालकोटका २३ वर्षका चन्द्र सिलवालको उपचार भइरहेको छ।

आज बिहान करिब ३ बजे बा ४९ प ५७७५ नम्बरको मोटरसाइकल र कुखुरा बोकेको प्रदेश २–०३–००१ च ३९९८ नम्बरको जीप ठोक्किएका थिए।

प्रकाशित: २५ माघ २०७९ ८:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + seven =