काठमाडौँमा कश्मीर एकता दिवसबारे छलफल

हिमाल प्रेस २४ माघ २०७९ २०:१९
8
SHARES
काठमाडौँमा कश्मीर एकता दिवसबारे छलफल

काठमाडौँ– नेपालका लागि पाकिस्तानी दूतावासले ‘कश्मीर एकता दिवस’को अवसरमा छलफल कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा विश्लेषक, पत्रकार, लेखकका साथै मानव अधिकारकर्मीहरूको उपस्थिति थियो। छलफलमा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्रीको सन्देश पढेर सुनाइएको थियो। आफ्नो सन्देशमा राष्ट्रपति आरिफ अल्वीले आत्मनिर्णयको अधिकारको लडाइँमा ज्यान गुमाउने कश्मीरीहरूप्रति श्रद्धाञ्जलि अर्पण गरे।

उनले कश्मीरी जनताप्रति पाकिस्तानको पूर्ण समर्थन र ऐक्यबद्धता रहेको बताए। राष्ट्रपतिले कश्मीरीहरूलाई उनीहरूको आत्मनिर्णयको अधिकार प्राप्त नभएसम्मका लागि पाकिस्तानले सहयोग जारी राख्ने प्रतिबद्धता पनि जनाए। त्यसैगरी प्रधानमन्त्री मुहम्मद शहबाज शरीफले राष्ट्र संघको बडापत्र र संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावअनुसार कश्मीरको वैधानिकता र आत्मनिर्णयको अधिकारका लागि पाकिस्तान लागिपर्ने बताए।

उनले सैन्य घेराबन्दी र सञ्चार नाकाबन्दी तत्काल हटाउनका साथै भारतको गैरकानूनी र एकपक्षीय कार्य खारेज गर्न मागसमेत गरेका छन्। उनले मनमानी ढंगले पक्राउ परेका र गैरकानूनी रूपमा थुनामा रहेका सबैलाई रिहा गर्न आग्रह गरे।

प्रकाशित: २४ माघ २०७९ २०:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =