नर्भिकमा मधुमेहसम्बन्धी निःशुल्क परामर्श

हिमाल प्रेस २४ माघ २०७९ १४:०७
4
SHARES
नर्भिकमा मधुमेहसम्बन्धी निःशुल्क परामर्श

काठमाडौँ– थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले मधुमेह (सुगर)का बिरामीलाई लक्षित गरी निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको छ। आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पतालले फागुन ७ गते मधुमेहका बिरामी लक्षित निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको हो।

नर्भिक अस्पतालको नर्सिङ ट्रेनिङ हलमा कार्यक्रम आयोजना हुनेछ। दिउँसो १ बजेदेखि हुने कार्यक्रममा अस्पतालले निःशुल्क सुगर लेभल जाँचको सेवासमेत दिने जनाएको छ।  अस्पतालकी विशेषज्ञ चिकित्सक डा. मधु पाण्डेले जनचेतनामूलक कार्यक्रमको नेतृत्व गर्ने र निःशुल्क परामर्श सेवासमेत उपलब्ध गराउने छिन्।

नर्भिक अस्पतालले बेलाबेला आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ।

प्रकाशित: २४ माघ २०७९ १४:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =