चाबहिलमा याडिया नेपालको शोरुम

हिमाल प्रेस २३ माघ २०७९ १८:२१
4
SHARES
चाबहिलमा याडिया नेपालको शोरुम

काठमाडौँ– नेपालका लागि याडिया ब्रान्डको विद्युतीय स्कुटर विक्रेता कुजु नेपाल प्रालिले चाबहिल चुच्चेपाटीमा नयाँ शोरुम सुरुवात गरेको छ।

याडिया नेपालका यसअघि नै पाटन, भक्तपुर, दाङ, चितवन, पोखरालगायत स्थानमा शोरुम छन्। कम्पनीले बिर्तामोड, दमक, धरान, इटहरी, विराटनगर, लहान, जनकपुर, भैरहवा, हेटौँडा, नेपालगञ्ज, महेन्द्रनगर र धनगढीमा शोरुम खोल्ने तयारी गरेको छ।

नेपाली बजारमा याडियाका तीन मोडलका स्कुटर छन्। सी १ एस ले फूलजार्चमा ८० किलोमिटर रेञ्ज दिन्छ। जसको मूल्य ३ लाख ७० हजार तोकिएको छ।

जी ५ को मूल्य ३ लाख ५० हजार छ, जसले ८० किलोमिटर रेञ्ज दिन्छ। त्यस्तै २ लाख ५५ हजारको एस लाइकले ६० किलोमिटर रेञ्ज दिने कम्पनीले जनाएको छ।

प्रकाशित: २३ माघ २०७९ १८:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 7 =