‘अगस्त्य’मा भित्रिए नाजिर र मलिका

हिमाल प्रेस २३ माघ २०७९ १५:५१
8
SHARES
‘अगस्त्य’मा भित्रिए नाजिर र मलिका

काठमाडौँ- फिल्म ‘द अन्ब्रेकबल अगस्त्य’मा अभिनेता नाजिर हुसेन र अभिनेत्री मलिका महत अनुबन्धित भएका छन्। सौरभ चौधरीको लेखन र निर्देशन रहने फिल्ममा नाजिर र मलिका भित्रिएको कुरा स्वयं निर्देशकले सार्वजनिक गरेका हुन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सो कुरा खुलाएका हुन्। ‘टोलीमा स्वागत छ’ भनेर क्याप्सन लेख्दै उनले नाजिर र मलिकाको तस्बिर फेसबुकमा सेयर गरेका छन्।

यसअघि फिल्मा अभिनेता सौगात मल्ल जोडिएका थिए। सौगातलाई ‘मिस्टर भर्सटायल’का उपाधि दिँदै निर्देशक चौधरीरले फेसबुकमा तस्बिर साझा गरेका थिए।

फिल्ममा सौगात अगस्त्यको भूमिकामा रहनेछन्। डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्मको छायांकन काठमाडौँ र नवलपरासीमा हुने निर्माण टिमले जनाएको छ। फिल्मको केही भाग भारतको गोरखपुर र बनारसमा छायांकन हुनेछ।

प्रकाशित: २३ माघ २०७९ १५:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 5 =