‘ग्रामी’मा बियोन्सेको कीर्तिमान, जितिन् ३२ औँ अवार्ड

हिमाल प्रेस २३ माघ २०७९ १३:१८
10
SHARES
‘ग्रामी’मा बियोन्सेको कीर्तिमान, जितिन् ३२ औँ अवार्ड

काठमाडौँ- सांगीतिक क्षेत्रको सबैभन्दा प्रतिष्ठित अवार्ड ग्रामी अवार्ड सम्पन्न भएको छ। लस एन्जलसमा भएको अवार्ड समारोहमा अमेरिकी पपगायिका बियोन्सेले कीर्तिमान कायम गरेकी छन्।

‘ग्रामी २०२३’ मा बियोन्सेले दुई वटा अवार्ड हात पारिन। योसँगै उनले ३२ ग्रामी अवार्ड जितेकी छन्। आफ्नो सांगीतिक करियरमा सर्वाधिक ग्रामी अवार्ड जित्ने उनी विश्वकी एक्लै सेलिब्रिटी हुन्।

समारोहमा ‘एल्बम अफ द इयर’को अवार्ड ह्यारी स्टाइल्सको ‘ह्यारिज हाउस’ले जित्यो। ‘रेकर्ड अफ द इयर’ लिजोको ‘अबाउट डेम टाइम’ले हात पार्यो‍।

बोनी राइटको ‘जस्ट लाइक देट’ले ‘सङ अफ द इयर’को अवार्ड जित्न सफल भयो। ग्रामीमा समारा जोय ‘बेस्ट न्यु आर्टिस्ट’ भइन्। ‘बेस्ट पप सोलो पर्फमेन्स’ चाहिँ ‘इजी अन मी’का लागि एडेलले जिते। ‘बेस्ट पप डुओ अर गु्रफ पर्फमेन्स’ को अवार्ड सेम स्मिथ र किम पेट्रासले ‘अन्होली’का लागि जिते।

‘बेस्ट डान्स’ अवार्ड बियोन्सेले ‘ब्रेक माई सोल’का लागि हात पारिन्। त्यस्तै उनले ‘बेस्ट ट्रेडिसनल आर एन्ड बी पर्फमेन्स’ अवार्ड ‘प्लास्टिक अफ द सोफा’का लागि जितिन्। भारतीय संगीतकार रिकी केजले तेस्रोपटक ग्रामी जितेका छन्।

प्रकाशित: २३ माघ २०७९ १३:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − thirteen =