प्रधानमन्त्री प्रचण्ड र विप्लवसहितका नेताबीच भेटवार्ता

हिमाल प्रेस २२ माघ २०७९ १९:५०
22
SHARES
प्रधानमन्त्री प्रचण्ड र विप्लवसहितका नेताबीच भेटवार्ता

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपामा महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा नेकपामा तर्फबाट महासचिव चन्दसँगै नेता खड्गबहादुर विश्वकर्मा पनि सहभागी थिए।

त्यस्तै नेकपा माओवादी केन्द्रका प्रवक्तासमेत रहेका उपाध्यक्ष कृष्णबहादुर महरा पनि भेटमा सहभागी थिए।

भेटमा नेकपामा नेता कार्यकर्ताको मुद्दा फिर्तालगायतको विषयमा छलफल भएको बताइएको छ। त्यस्तै केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारसँग भएका सम्झौता कार्यान्वयनको विषयमा पनि चन्द र विश्वकर्माले चासो देखाएको बताइएको छ।

प्रकाशित: २२ माघ २०७९ १९:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =