आयोगले भन्यो, चितवन २ मा उपनिर्वाचनबाटै पदपूर्ति हुन्छ

हिमाल प्रेस २२ माघ २०७९ १३:१५
12
SHARES
आयोगले भन्यो, चितवन २ मा उपनिर्वाचनबाटै पदपूर्ति हुन्छ

काठमाडौँ- निर्वाचन आयोगले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको पदपूर्ति उपनिर्वाचनबाट हुने स्पष्ट पारेको छ। प्रतिनिधिसभा सदस्यमा पराजित नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले आफू स्वतः निर्वाचित हुन पाऊँ भनेर निवेदन दिएपछि आयोगको यस्तो भनाइ आएको हो।

आयोगका उपसचिव सूर्यप्रसाद अर्यालले भने, ‘सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलाअनुसार उक्त निर्वाचन क्षेत्रमा संसद् पद रिक्त भएको छ। अब निर्वाचन आयोगले गर्ने भनेको उपनिर्वाचन मात्रै हो।’  उनले स्वतः निर्वाचित गरियोस् भन्ने माग सम्बोधन गर्न कुनै कानुन नरहेको बताए।

श्रेष्ठले आफूलाई स्वतः निर्वाचित भएको घोषणा गर्न माग गर्दै आयोगमा निवेदन दिएका छन्। कांग्रेस नेतृत्वको गठबन्धनबाट उम्मेदवार बनेका श्रेष्ठ निर्वाचनमा दोस्रा भएका थिए। उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ४९ हजार २६४ मतसहित निर्वाचित हुँदा निकटतम् प्रतिद्वन्द्वी श्रेष्ठले १४ हजार ९८३ मत पाएका थिए।

नागरिकता प्ररकरणमा अदालतको फैसलाका कारण उक्त क्षेत्रबाट निर्वाचित रवि लामिछानेको सांसद पद गुमेको छ। उक्त क्षेत्रमा सांसद पद रिक्त भएकाले आफूलाई स्वतः निर्वाचित भएको घोषणा गर्नुपर्ने माग श्रेष्ठको छ।

आयोग परिसरमा उनले सञ्चारकर्मीसँग केही कुरा बताएनन्। उनले भने, ‘किन निवेदन दिएँ भन्ने कुरा पत्रकार सम्मेलनमा भन्नेछु।’ यसबारे श्रेष्ठले साढे २ बजे होटल हिमालयमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ।

प्रकाशित: २२ माघ २०७९ १३:१५

प्रतिक्रिया

One thought on “आयोगले भन्यो, चितवन २ मा उपनिर्वाचनबाटै पदपूर्ति हुन्छ

  1. रबि आफैँ नक्कली पीडित खडा गर्ने, आफैँ वकिल, आफैँ न्यायाधीश र पुलिसको शैलीमा अर्ती दिदै चलाइएको टिभी सोबाट उनले जनसाधारणका स्तरमा समर्थक र अकुत कमाए तर समाजको मध्यम र माथिल्लो वर्गभित्र ठूलो संख्यामा शत्रुता पनि बढाए । आसुको ब्यापार गरेर अकुत कमाए, ३ वटा घर ४-५ करोडको गाडी, ५ तारे होटेलमा उठबस, जग्गा जोडे बहुबिबाह पनि गर्न भ्याए, मामुली पत्रकारको स्ट्रिङ्ग ब्यापारको आम्दानिको स्रोत खोजीएन, अमेरिकी पासपोर्ट हुँदाहुँदै नेपाली पासपोर्ट दुरुपयोग गरे, घुमे भिखमाग्दै तर्साउदै ठग्दै हिंडे । तैपनि फितलो कानुनको कारण कारबाही भएन, यदी निमुखा जनता भएको भए उहिले नै ५ बर्षको लागि जेल गईसक्थे । अब उसलाई दोहोरो नगरिकता र पासपोर्ट दुरुपयोग कसुरमा कानुनी कारबाही हुनैपर्दछ ।
    रबी आदर्श छाट्ने व्यबहार उल्टो गर्ने हिपुक्रेट, नेपाली चार्ल्स शोभराज हुन ।
    पक्राउ पर्ने डरले सरकार छाड्ने छैनन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =