स्वतः निर्वाचित भएको घोषणा गर्न उमेश श्रेष्ठको माग

हिमाल प्रेस २२ माघ २०७९ १२:२८
6
SHARES
स्वतः निर्वाचित भएको घोषणा गर्न उमेश श्रेष्ठको माग निर्वाचन आयोग परिसरमा उमेश श्रेष्ठ। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ–  प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन निर्वाचन क्षेत्र २ बाट उम्मेदवार बनेका उमेश श्रेष्ठले आफूलाई स्वतः निर्वाचित भएको घोषणा गर्न माग गरेका छन्। श्रेष्ठले आइतबार निर्वाचन आयोगमा स्वतः निर्वाचित गर्न मागसहित निवेदन दिएका हुन्।

कांग्रेस नेतृत्वको गठबन्धनबाट उम्मेदवार बनेका श्रेष्ठ निर्वाचनमा दोस्रा भएका थिए। उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ४९ हजार २६४ मतसहित निर्वाचित हुँदा निकटतम् प्रतिद्वन्द्वी श्रेष्ठले १४ हजार ९८३ मत पाएका थिए।

नागरिकता प्ररकरणमा अदालतको फैसलाका कारण उक्त क्षेत्रबाट निर्वाचित रवि लामिछानेको सांसद पद गुमेको छ। उक्त क्षेत्रमा सांसद पद रिक्त भएकाले आफूलाई स्वतः निर्वाचित भएको घोषणा गर्नुपर्ने माग श्रेष्ठको छ।

आयोग परिसरमा उनले सञ्चारकर्मीसँग केही कुरा बताएनन्। उनले भने, ‘किन निवेदन दिएँ भन्ने कुरा पत्रकार सम्मेलनमा भन्नेछु।’  यसबारे श्रेष्ठले साढे २ बजे होटल हिमालयमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ।

प्रकाशित: २२ माघ २०७९ १२:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + ten =