माओवादीले संगठन सुदृढीकरणका लागि दुई महिने अभियान चलाउने

हिमाल प्रेस २१ माघ २०७९ १९:१४
6
SHARES
माओवादीले संगठन सुदृढीकरणका लागि दुई महिने अभियान चलाउने फाइल तस्बिर।

काठमाडौँ– सत्तारुढ नेकपा माओवादी केन्द्रले पार्टी संगठन सुदृढीकरणका लागि दुई महिने अभियान चलाउने निर्णय गरेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो।

अबको दुई महिनासम्म पार्टीका सबै नेता तथा कार्यकर्तालाई संगठन निर्माणमा परिचालन गरिने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

शनिबारको बैठकले पार्टीका सबै जनवर्गीय संगठन, जनसंगठन एवम् सहायक संगठनको बैठक आयोजना गर्ने निर्णय गरेको उनले बताए। उक्त बैठकपछि पार्टीको प्रदेश तथा जिल्ला समन्वय समिति एवम् स्थानीय समितिको बैठक आयोजना गरिने प्रवक्ता महराको भनाइ छ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध गएर घात तथा प्रतिघात गर्नेसम्बन्धमा पनि स्थानीय रूपमा नै समीक्षा गर्ने बैठकले निर्णय गरेको छ।

जनतासँग जोडिएर पार्टीको समग्र अवस्थाको मूल्यांकन गरेर आगामी दुई महिनापछि केन्द्रीय समितिको बैठक बोलाइने प्रवक्ता महराले जानकारी दिए। प्रवक्ता महराका अनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा वर्तमान सरकार गठन भएपछि प्रधानमन्त्रीका रूपमा दिएको निर्देशन मातहत कमिटीमा सर्कुलर गरिने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 16 =