चिकित्सक संघलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्छ : डा. गोविन्द केसी

हिमाल प्रेस २० माघ २०७९ १६:२६
4
SHARES
चिकित्सक संघलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्छ : डा. गोविन्द केसी

काठमाडौँ- डा. गोविन्द केसीले नेपाल चिकित्सक संघलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्ने बताएका छन्।

शुक्रबार संघको निर्वाचनअन्तर्गत काठमाडौँको प्रज्ञा भवनमा मतदान गरेपछि केसीले संघ राजनीतिक नभई पेसागत संगठन भएकाले चिकित्सकको हकहितका लागि लड्नुपर्ने बताएका हुन्।

संघमा कुनै पनि पार्टीको आदेश स्वीकार्य नहुने उनले बताए। चिकित्सा क्षेत्रको समस्यामा लड्न नसके चिकित्सक संघ नाममात्रको हुने उनको भनाइ छ।

उपत्यकामा संघको नयाँ कार्यसमितिका लागि शनिबारसम्म निर्वाचन हुनेछ। संघको अध्यक्षसहित १२ पदका लागि निर्वाचन हुन लागेको हो।

संघको विभिन्न १९ पदमध्ये एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, एक कोषाध्यक्ष, एक सहसचिव, एक सहकोषाध्यक्षसहित ७ जना निर्विरोध निर्वाचित भइसकेका छन्।

प्रकाशित: २० माघ २०७९ १६:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − two =