चैत १७ मा आउँदै ‘प्रेमा’

हिमाल प्रेस २० माघ २०७९ १३:०४
10
SHARES
चैत १७ मा आउँदै ‘प्रेमा’

काठमाडौँ- फिल्म ‘प्रेमा’ को पोस्टर सार्वजनिक भएको छ। फिल्मको फर्स्ट लुक पोस्टरमा अरुण क्षेत्री, सुवेक्षा खड्का र सृष्टि श्रेष्ठ देखिन्छन्।

गोविन्द सिंह भण्डारीको निर्देशनमा बन्ने फिल्ममा अरुण, सुवेक्षा र सृष्टि मुख्य भूमिकामा रहनेछन्। फिल्ममा लेखन पनि निर्देशक भण्डारीकै रहनेछ।

त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्म आगामी चैत १७ मा प्रदर्शनमा आउनेछ।

‘मञ्जरी’, ‘लभ यू बाबा’, ‘हैरान’, ‘मेरो पैसा खै’लगायत फिल्ममा सहनिर्देशन गरेका भण्डारीले ‘रणवीर’बाट निर्देशनमा हात हालेका हुन्।

फिल्मको छायांकन काठमाडौँ, धनगढी, कर्णाली आदि ठाउँमा हुने निर्माण टिमले जनाएको छ। फिल्ममा अरुण, सुवेक्षाा, सृष्टिबाहेक विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोलालगायत कलाकारको अभिनय छ।

प्रकाशित: २० माघ २०७९ १३:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =