हवाई यात्रा सुरक्षित बनाउन प्राधिकरणले हवाई उडान व्यवस्था लागू गर्ने

हिमाल प्रेस १८ माघ २०७९ २२:०४
8
SHARES
हवाई यात्रा सुरक्षित बनाउन प्राधिकरणले हवाई उडान व्यवस्था लागू गर्ने

काठमाडौँ– नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षित बनाउन आगामी ग्रिस्मकालीन मौसम लागेसँगै नयाँ हवाई उडान व्यवस्था लागू गर्ने भएको छ।

प्राधिकरणले आन्तरिक हवाई उडानलाई थप सुरक्षित, भरपर्दो, मर्यादित र व्यवसायिक बनाउने उद्देश्यले उड्डयन क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूसँग छलफल गरेर नयाँ हवाई उडान व्यवस्था लागू गर्ने लागेको हो।

बुधवार प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले हवाई उडानलाई थप सुरक्षित र भरपर्दो बनाउनको लागि हवाई उडान सम्बन्धी नयाँ व्यवस्था लागू गर्न लागेको बताए।

उनले अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणको सिकागो सम्मेलनका मापदण्ड बमोजिम ३/३ वा ६/६ महिनामा नेपालको हवाई उडान क्षेत्रको सुरक्षित बनाउनको लागि नियम परिर्माजन गर्ने गरिएको बताए। २७ जनवरीदेखि ३१ जनावरीसम्म प्राधिकरण आन्तरिक र हवाई उड्डयन क्षेत्रमा लामो समय काम गरेका विज्ञहरूसँगको छलफलबाट पाँचवटा नियम लागू गर्ने तयारी गरिएको उल्लेख गरे।

सूचना अधिकारी भुलले विमान दुर्घटना भएर नयाँ व्यवस्था लागू गर्न लागिएको नभएर प्राधिकरणको नियमित प्रक्रिया भएको पनि बताए।

‘नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालको नीति निमय र कानुन मान्छौं। तर हवाई उडानमा मुख्य नीति राष्ट्रिय नीतिहरू होइनन्। हवाई उडानमा अन्तर्राष्ट्रिय उड्डयन प्राधिकरणको सिकागो सम्मेलनका मापदपण्ड र नियममा मुख्य भएकाले सिकागो सम्मेलनको मापदण्ड बमोजिम ३/३ वा ६/६ महिनामा नेपालको हवाई उडान क्षेत्रको सुरक्षित बनाउनको लागि परिर्माजन गर्छौं,’ उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 8 =