सगरमाथा र लुम्बिनी इन्स्योरेन्सबीच मर्जरको अन्तिम सम्झौता

हिमाल प्रेस १८ माघ २०७९ १३:११
6
SHARES
सगरमाथा र लुम्बिनी इन्स्योरेन्सबीच मर्जरको अन्तिम सम्झौता

काठमाडौँ- सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले मर्जरको लागि अन्तिम सम्झौता गरेका छन्।

सम्झौतापत्रमा लुम्बिनी जनरल इन्स्योरेन्सका अध्यक्ष मनोहर दास मुल र सगरमाथा इन्स्योरेन्सका अध्यक्ष रामकृष्ण मानन्धरले हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार मर्जरपछि कम्पनीको नाम ‘सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड’ हुने भएको छ। मर्जरपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड २६ लाख पुग्नेछ।

सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको सेयर अनुपात १००ः८० कायम हुनेछ। सञ्चालक समितिमा दुवै कम्पनीको तर्फबाट तीनतीन जना र एक जना स्वतन्त्र सञ्चालक रहने सहमति भएको छ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी चंकी क्षेत्रीले पाउने भएका छन्। उनी अहिले सगरमाथाको प्रमुख कार्यकारी अधिकृत छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − four =