धनकुटा महोत्सव स्थगन गर्ने तयारी

हिमाल प्रेस १५ माघ २०७९ ९:३७
4
SHARES
धनकुटा महोत्सव स्थगन गर्ने तयारी

धनकुटा- शनिबार राति धनकुटा महोत्सवमा ठेलमठेल हुँदा ३० जना घाइते भएका छन्। तीमध्ये १८ जनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिए।

उनका अनुसार १२ जना धनकुटा अस्पतालमा सामान्य उपचारपछि घर फर्किएका छन्। प्रतिष्ठानमा उपचार हुन नसकी दुई बच्चालाई गोल्डेन अस्पताल विराटनगरमा उपचारका लागि पठाइएको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिए।

विराटनगर पठाइएका बच्चा र प्रतिष्ठानमा उपचारत ६ जना बालबालिकासहित सबैको स्वास्थ्य सुधारोन्मुख रहेको उनको भनाइ छ।

सुरक्षाका कारण देखाउँदै महोत्सव स्थगन गर्न जिल्ला प्रशासन कार्यालयले सर्वपक्षीय बैठकको तयारी गरिरहेको निमित्त प्रमुख जिल्ला अधिकारी ममता अधिकारीले जानकारी दिइन्।

आयोजक संस्था उद्योग वाणिज्य संघका अध्यक्ष राईले सबैसँग छलफल गरेर विधिवत् रुपमा महोत्सवको स्थगन गरिने जानकारी दिए।

गायक प्रमोद खरेलको प्रस्तुतिसँगै ‘हाउजी बिंगो’ खेलका कारण अत्याधिक भीड भएको महोत्सवको मूलगेटबाट मान्छे एकैपटक प्रवेश गर्ने क्रममा उक्त घटना भएको प्रहरीले जानकारी दिएको छ।

माघ ६ गतेदेखि जारी प्रादेशिक औद्योगिक व्यापार तथा कृषि मेला एवं एभोकाडो धनकुटा महोत्सव थप दुई दिन थप्ने कार्यक्रम थियो।

प्रकाशित: १५ माघ २०७९ ९:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =