धनकुटा महोत्सवमा भागदौड हुँदा नौ जनाभन्दा बढी घाइते, कार्यक्रम स्थगित

हिमाल प्रेस १४ माघ २०७९ २१:२८
12
SHARES
धनकुटा महोत्सवमा भागदौड हुँदा नौ जनाभन्दा बढी घाइते, कार्यक्रम स्थगित

धनकुटा– धनकुटा महोत्सवमा कलाकारहरूको प्रस्तुति हेर्न आएकाहरूको भीडमा भागदौड हुँदा ९ जनाभन्दा बढी घाइते भएका छन्। घाइतेको धनकुटा अस्पतालमा उपचार हुन नसकी धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठानमा पठाइएकाको अस्पतालको इमर्जेन्सी शाखाले जानकारी दिएको छ।

अत्यधिक भीडका कारण ९ जनाभन्दा बढी दर्शक घाइते भएकाले उपचारका लागि अस्पताल लगिएको प्रहरी उपरीक्षक(एसपी) लक्ष्मी अधिकारीले जानकारी दिए।

कन्सर्ट हेर्न आउनेहरूको भीडमा परी घाइते भएकाको विवरण र क्षति भने यकिन हुन नसकेको कलाकार संयोजन समितिका संयोजक रिदम श्रेष्ठले जानकारी दिए। आजका सबै कार्यक्रम स्थगन भएको आयोजकले जनाएको छ।

प्रकाशित: १४ माघ २०७९ २१:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + fifteen =