मापदण्डभन्दा बढी धुँवा फाल्ने २० वटा गाडीलाई कारबाही

हिमाल प्रेस १४ माघ २०७९ १७:३०
6
SHARES
मापदण्डभन्दा बढी धुँवा फाल्ने २० वटा गाडीलाई कारबाही

काठमाडौँ–  सुकेधारामा ट्राफिक प्रहरीले गरेको प्रदुषण चेकिङका क्रममा मापदण्डभन्दा बढी धुँवा फाल्ने २० वटा गाडी कारबाहीमा परेका छन्।

मापदण्डभन्दा बढी धुँवा फाल्ने पिकअप भ्यान ६, भाडाका बस ५, माइक्रोबस ४, हात्ती गाडी ३, टाटासुमो १ र पर्यटक गाडी १ गरी २० वटा गाडी कारबाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र भट्टले जानकारी दिए।

वातावरण विभाग बबरमहल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटेको संयुक्त टोलीले सोमबार सुकेधारामा ४६ वटा गाडीलाई चेक गर्ने क्रममा मापदण्डभन्दा बढी धुँवा फाल्ने २० वटा गाडी
कारबाहीमा परेका हुन्।

गाडी मर्मतपश्चात पुन: चेक गराई तोकिएको जरिबाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने उनले बताए।

मापदण्डभन्दा बढी धुँवा फाल्ने गाडी चलाउँदा वायु प्रदुषण बढ्न गई मानव स्वास्थ्यमा गम्भीर समस्या हुनुका साथै दुर्घटनाको जोखिमसमेत हुने भएकाले गाडीको अवस्था चेकजाँचलाई कार्यालयले तीव्रता दिएको एसएसपी भट्टले जानकारी दिए।

प्रकाशित: १४ माघ २०७९ १७:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + twenty =