प्रधानमन्त्रीलाई राप्रपा महामन्त्रीको जवाफ : संघीयताविरुद्ध बोल्नमात्र होइन, खारेज गर्न पाइन्छ

हिमाल प्रेस ११ माघ २०७९ ८:३६
2.3k
SHARES
प्रधानमन्त्रीलाई राप्रपा महामन्त्रीको जवाफ : संघीयताविरुद्ध बोल्नमात्र होइन, खारेज गर्न पाइन्छ

काठमाडौँ-  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता देशका लागि भार हो खारेज गर्नुपर्छ भनेर अभिव्यक्ति दिएका संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानलाई स्पष्टीकरण सोध्ने बताएपछि तीव्र आलोचना  भइरहेको छ। प्रचण्डले मंगलबार राष्ट्रियसभा बैठकमा सम्बोधन गर्दै स‌ंघीयताविरोधी अभिव्यक्ति दिने मन्त्रीलाई स्पष्टीकरण सोध्ने चेतावनी दिएका थिए।

प्रधानमन्त्री प्रचण्डको उक्त अभिव्यक्तिप्रति  राप्रपाका महामन्त्री शरदराज पाठकले जवाफ दिएका छन्। कान्तिपुर टेलिभिजनसँगको अन्तर्वार्तामा मन्त्री प्रधानले संघीयता देशका लागि भार भएको र खारेज गर्नुपर्ने बताएका थिए। राप्रपाका महामन्त्री पाठकले संघीयताको विरुद्ध बोल्न मात्रै होइन खारेज नै गर्न पनि पाइन्छ भनेर टिप्पणी गरेका छन्।

‘प्रधानमन्त्री प्रचण्डलाई संविधान स्मरण गराउनुपर्ने भयो। संविधानले सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता र जनतामा निहित सार्वभौमसत्तालाई मात्र अपरिवर्तनीय मानेको छ। यीबाहेक अन्य कुनै पनि धाराविरुद्ध बोल्ने मात्र हैन, संसोधन वा खारेज गर्न सदनमा विधेयक नै पेस गर्न सकिन्छ’, पाठकले भने।

कानुनमन्त्री प्रधान राप्रपाका नेता हुन्। राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै दाहालले भनेका थिए, ‘व्यक्तिगत रूपमा संघीयताबारे बोल्ने अधिकार सबैलाई छ। तर मन्त्रिपरिषद्‌मा रहेका सदस्यलाई संघीयताविरोधी अभिव्यक्ति दिने छुट छैन। यसबारे मेरो गम्भीर ध्यानाकर्षण भएको छ। यो स्पष्टीकरणको विषय छ।’

यो पनि

संघीयता विरोधी अभिव्यक्ति दिने मन्त्रीसँग स्पष्टीकरण लिने प्रचण्डको चेतावनी

प्रदेश खारेजीको विषयमा बोलेका कानुनमन्त्रीलाई प्रधानमन्त्रीले स्पष्टीकरण सोध्ने

 


प्रतिक्रिया

One thought on “प्रधानमन्त्रीलाई राप्रपा महामन्त्रीको जवाफ : संघीयताविरुद्ध बोल्नमात्र होइन, खारेज गर्न पाइन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 10 =