यी पाँच सांसद सभामुखको निर्वाचनमा अनुपस्थित रहे

हिमाल प्रेस ५ माघ २०७९ १५:५० | Thursday, January 19, 2023
यी पाँच सांसद सभामुखको निर्वाचनमा अनुपस्थित रहे

काठमाडौँ– बिहीबार सम्पन्न सभामुखको निर्वाचनमा पाँच जना सांसद अनुपस्थित रहे। नेकपा माओवादी केन्द्रका वर्षमान पुन, नेपाली कांग्रेसकी बिनाकुमारी थनैत, मनोरमा शेरचन, सपना राज भण्डारी र नेकपा एमालेका लक्ष्मी महतो कोइरी अनुपस्थित रहेका हुन्।

बिहीबार भएको निर्वाचनमा नेकपा एमालेका देवराज घिमिरे १६७ मतसहित निर्वाचित भएका छन्। उनको विपक्षमा नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले १०० मत पाउँदै पराजित भइन्। १ जना सांसद तटस्थ रहेका छन्।

एमालेका घिमिरे झापा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन्।

प्रकाशित: ५ माघ २०७९ १५:५० | Thursday, January 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast