गैरआवासीय नेपाली नागरिकताको मुद्दा समाधान गर्छु : गृहमन्त्री लामिछाने

हिमाल प्रेस ४ माघ २०७९ १६:३३
16
SHARES
गैरआवासीय नेपाली नागरिकताको मुद्दा समाधान गर्छु : गृहमन्त्री लामिछाने फाइल तस्बिर।

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गैरआवासीय नेपाली नागरिकताको मुद्दालाई समाधान गर्ने बताएका छन्।

बुधबार सिंहदरबारमा गैरआवासीय नेपाली संघका प्रतिनिधिसँगको भेटवार्ताका क्रममा गृहमन्त्री लामिछानेले नागरिकताको सबै विषयलाई एकै ठाँउमा राखेर समाधानको प्रयास गर्दा गिजोलिएको बताए।

उनले अब गैरआवासीय नेपाली नागरिकताको मुद्दालाई समाधान गर्न गृह मन्त्रालय सक्षम रहेको बताएका हुन्। उनले विदेशमा भएका नेपालीहरूको लगानीलाई सुरक्षित गर्न पनि सरकार तयार रहेको बताए।

नेपालमा लगानीका लागि गैरआवासीय नेपालीहरूको कानूनी र व्यावहारिक कठिनाइबारे मन्त्रालय जानकार रहेकाले यसको गम्भीर भएर समाधानको प्रयास खोजिने उनले बताए। उनले नागरिकताको विषय समाधान भएपछि गैरआवासीय नेपालीको सम्पत्तिको हकको विषय पनि टुंगिने बताए।

भेटवार्तापछि संघका अध्यक्ष कुल आचार्य गैरआवासीय नेपालीका नागरिकता, भिसा, एयरपोर्टमा देखिने समस्यालगायत नेपालको विकासमा साझेदारी गर्ने विषयमा छलफल भएको र समस्यालाई समाधान गर्ने प्रतिबद्धता गृहमन्त्रीले व्यक्त गरेको बताए।

संघले गरिआएको काम, नेपाल सरकारको तर्फबाट सम्बोधन भइआएका विषय र आगामी दिनमा सरकारले गर्नुपर्ने नीतिगत उवं कानुनी सुधार सम्बन्धमा संघले गृहमन्त्री लामिछानेलाई ज्ञापनपत्र पनि बुझाएको थियो।

प्रकाशित: ४ माघ २०७९ १६:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =