पदभार ग्रहणर गर्दै मन्त्री पाण्डेले भने : रोकिएका विकास निर्माणको काम सुरु गर्न आएँ

देशभरका तुइन हटाएर गरेर झोलुंगे पुल बनाउने

हिमाल प्रेस ३ माघ २०७९ १५:५४
28
SHARES
पदभार ग्रहणर गर्दै मन्त्री पाण्डेले भने : रोकिएका विकास निर्माणको काम सुरु गर्न आएँ

काठमाडौँ- नवनियुक्त शहरी विकासमन्त्री विक्रम पाण्डेले सबैभन्दा पहिला देशभरका तुइन विस्थापित गरेर झोलुंगे पुल बनाउने प्रतिबद्धता जनाएका छन्। मंगलबार शहरी विकासमन्त्रीको शपथग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै पाण्डेले नेपालको पश्चिममा खोलामा झोलुङ्गे पुल नहुँदा मानिसहरूको तुइनबाट खोला तर्दा खोलामा खसेर मुत्यु भइरहेको भन्दै सबैभन्दा पहिला मन्त्रालयले तुइन हटाएर झोलुंगे पुल बनाउने बताएका हुन्।

तुइन हटाएर झोलुंगे पुल बनाउन नसक्ने मन्त्रालयको औचित्य नहुने पनि बताए। मन्त्री पाण्डेले अब नेपालको कालीगण्डी क्षेत्रमा हरेक आधाघण्टाको फरकमा झोलुङ्गे पुल निर्माण गरिने बताए। उनले शहरी विकास मन्त्रालयमा गर्नुपर्ने कामको प्राथमिकताका आधारमा काम गर्ने जानकारी दिए। ‍

विकास निर्माणका काम के कारण रोकिएको छानबिन गरी भएका समस्या तत्काल समाधान गर्ने योजना आफ्नो रहेको उनको भनाइ छ। उनले काम सुरु भएर पनि सम्पन्न नभएका काम तत्काल पूरा गर्नको लागि मन्त्रालयमा आएको दाबी गरे।

शहरी विकास मन्त्रालयका विकास निर्माणका काम किन नभएको सबै थाहा भएकाले सबै समस्या समाधान गर्दै मन्त्रालयलाई विगतभन्दा फरक रुपमा अगाडि बढाउने बताए।

‘शहरी विकास मन्त्रालयमा गर्नु पर्ने कामको प्राथमिकताका आधारमा काम गर्छौं। त्यसका के कारणले विकास निर्माणको काम रोकिएको छ। कसरी समस्याको समाधान गर्ने र हुन नसकेका कामलाई छिटोभन्दा छिटो काम गर्ने र नयाँ योजनाहरू थप्दै जाने सोचेका छौं,’ उनले भने, ‘‍सुरु भएर कसको कारणले काम हुन नसकेको हो । तत्काल कार्य अगाडि बढाउँछु।  विकास निर्माणका काम ढिला हुन नदिनको लागि यो मन्त्रालय मलाई दिइएको हो। यो मन्त्रालयमा जे कुरा सुन्नुभएको छ। त्यो अब सुन्नुहुन्न। शहरी विकास मन्त्रालय फरक तरिकाले अगाडि बढ्छ।’

उनले  शहरी विकास निर्माणको विषयमा आफूलाई राम्रो जानकारी भएकाले कुनै स्वार्थ नबाझिने पनि बताए।

प्रकाशित: ३ माघ २०७९ १५:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =