‘सँग सँगै’गीतमा टिकटक स्टार ‘मिस पबी’

हिमाल प्रेस २ माघ २०७९ १४:३७
4
SHARES
‘सँग सँगै’गीतमा टिकटक स्टार ‘मिस पबी’

काठमाडौँ- टिकटक स्टारका रूपमा चर्चित सुदूरपश्चिमकी ‘मिस पबी’ पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त बनेकी छन्। उनी अभिनीत ‘सँगसँगै’ सार्वजनिक भएको छ।

म्युजिक भिडियोमा उनीसँगै एलपी शर्मा, सञ्चिता लुइँटेल र भद्रजंग कुँवरको पनि अभिनय रहेको छ।

गायिका अनु चौधरी र गायक प्रताप दासको स्वर ‘सँगसँगै’ एलपी शर्मा र रोहित देउवाको शब्द रहेको छ। गीतमा संगीत देउवाकै छ। गीतको म्युजिक भिडियो गौरव गिरीको निर्देशनमा तयार भएको हो।

प्रकाशित: २ माघ २०७९ १४:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + nine =