२४ जना एसएसपीको जिम्मेवारी हेरफेर

हिमाल प्रेस २८ पुष २०७९ १४:१४
8
SHARES
२४ जना एसएसपीको जिम्मेवारी हेरफेर

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले २४ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)को बिहीबार जिम्मेवारी हेरफेर गरेको छ। अपराध अनुसन्धान कार्यालयमा एसएसपी डा. मनोजकुमार केसी आएका छन् भने काठमाडौँ प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी दानबहादुर कार्कीले पाएका छन्। उनीहरू यसअघि प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए।

अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराई प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा व्यवस्थापन महाशाखा र काठमाडौँ प्रहरी प्रमुख भरतबहादुर बोहोरा प्रहरी प्रधान कार्यालयको सुपरीवेक्षण तथा अनुगमन महाशाखा सरुवा भएका छन्।

यस्तै जिल्ला प्रहरी परिसर ललितपुरको जिम्मेवारी एसएसपी सिद्धिविक्रम शाहले पाएका छन् भने मानव बेचबिखन ब्यूरोको नेतृत्वमा जीवनकुमार श्रेष्ठ आएका छन्।

प्रकाशित: २८ पुष २०७९ १४:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 9 =