हुस्सुका कारण नेपालगञ्‍जमा हवाई सेवा प्रभावित

हिमाल प्रेस २७ पुष २०७९ १९:३३
10
SHARES
हुस्सुका कारण नेपालगञ्‍जमा हवाई सेवा प्रभावित

नेपालगञ्‍ज– हुस्सु र शीतलहरका कारण नेपालगञ्ज विमानस्थलबाट पहाडी भेगमा हुने दैनिक उडान प्रभावित बन्न थालेका छन्। नेपालगञ्ज विमानस्थलबाट पहाडी भेगमा हुने उडानहरू ढिलो र स्थगित हुने गरेका हुन्।

हरेक दिन जहाजले एउटा मात्रै उडान भए पनि यात्रुहरू धेरै नहुने गरेको स्थानीयहरू बताउँछन्। जहाजको क्षमता १८ जनाको भए पनि जहाजमा समानहरू भरेर करिब दैनिक १२ देखि १५ जना मात्रै हुने गरेको उनीहरूको भनाइ छ।

नेपालगञ्ज विमानस्थलबाट समान्य मौसममा दैनिक २० देखि २५ वटा उडान हुँदै आएको छ। विमान स्थालबाट काठमाडौँ, पोखरा साथै हुम्ला, जुम्ला, मुगु, बाजुरा, रुकुम जिल्लामा पनि उडान हुँदै आएको छ।

अहिले जाडो सिजनमा हुस्सु र शीतलहरका कारण विमानस्थलबाट हुने उडान प्रभावित भएको नेपालगञ्ज नागरिक उड्डयन प्राधिकरणका प्रमुख सुरेश खनालले बताए।

बिहान हुने उडान मौसम खराबीका कारण दुईदेखि तीन घण्टा ढिलो हुने गरेको उनले जानकारी दिए।

‘चिसोका कारणले पहाडी भेगका मानिस धेरै कम मात्रामा जहाजबाट यात्रा गरिरहनु भएको अवस्था छ। जहाजमा कम मात्रामा यात्रा गर्न थालेपछि एयारलइन्सहरूले कार्गो गरिरहेका छन्,’ उनले भने।

यात्रु अपुग भएपछि एरलइन्सहरू मिलेर सीमित उडान गरिरहेकोसमेत उनको भनाइ छ।

प्रकाशित: २७ पुष २०७९ १९:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =