प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्री अधिकारीको सरकार विस्तारबारे छलफल

हिमाल प्रेस २७ पुष २०७९ ८:४०
4
SHARES
प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्री अधिकारीको सरकार विस्तारबारे छलफल

काठमाडौँ- गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन्।

भेटमा गण्डकी प्रदेशमा सरकार विस्तार, दलीय भागबण्डा र विश्वासको मत लिने तयारीका विषयमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ।

अधिकारीले ६० सदस्यीय प्रदेशसभामा एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र सांसद गरी ३३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्ति भएका थिए।

प्रकाशित: २७ पुष २०७९ ८:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =