सभामुखको चुनाव माघ ५ गते

हिमाल प्रेस २६ पुष २०७९ १८:०४
6
SHARES
सभामुखको चुनाव माघ ५ गते फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभा सभामुख पदको निर्वाचन यही माघ ५ गते हुने भएको छ। प्रतिनिधिसभा बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले सभामुख पदको निर्वाचनको मितिबारे संसदलाई जानकारी गराएका हुन्।

उनले संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमलाई सो निर्वाचनको कार्यक्रमसम्बन्धी सूचना माघ ३ गते सार्वजनिक गर्न पनि निर्देशन दिएका छन्।

ज्येष्ठ सदस्य राणाले भने, ‘प्रतिनिधिसभा नियमावली २०७५ को नियम ७ बमोजिम प्रतिनिधिसभा सभामुख पदको निर्वाचनका लागि यही २०७९ साल माघ ५ गते बिहीबारको दिन तोकेको छु। सोही नियमको उपनियम १ बमोजिम संघीय संसद्का महासचिव डा. भरतराज गौतमलाई सभामुख पदको निर्वाचन कार्यक्रमसम्बन्धी सूचना मिति २०७९ माघ ३ गते मंगलबारको दिन प्रकाशित गर्नसमेत निर्देशन दिन्छु।’

सत्तारुढ दलहरुबीच सभामुख नेकपा एमालेलाई दिने सहमति भएको छ। एमालेबाट सभामुखमा कसलाई अघि सार्ने भन्ने निर्णय हुन बाँकी छ।

प्रकाशित: २६ पुष २०७९ १८:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 16 =