विश्वासको मत पाएपछि संसद्‌मा प्रचण्ड [फोटो फिचर]

दिपेश श्रेष्ठ २६ पुष २०७९ १७:५७
12
SHARES
विश्वासको मत पाएपछि संसद्‌मा प्रचण्ड [फोटो फिचर]

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाएका छन्। प्रचण्डले आज मंगलबार प्रतिनिधिसभामा विश्वासको मत मागेका थिए। २७५ सदस्यीय प्रतिनिधिसभामा २७० जनामात्रै आजको बैठकमा सहभागी थिए। यीमध्ये २६८ जनाले विश्वासको मतको पक्षमा मतदान गरे। दुई सांसदले भने उनलाई विश्वासको मत दिएनन्। राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका दुई सांसदले मत नदिएका हुन्।

नेकपा एमालेसहितको गठबन्धन गरेर प्रधानमन्त्री बनेका प्रचण्डलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि विश्वासको मत दिएको छ।  सभामुखको हैसियतमा जबरा, मनोरमा शेरचन, किशोरसिंह राठौर, अम्बिका बस्नेत मतदानमा सहभागी भएनन्। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ  निलम्बनमा छन्।  उनले पनि मतदानमा सहभागी हुन पाएनन्।

प्रकाशित: २६ पुष २०७९ १७:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =