लुम्बिनी विकास बैंकले १२ प्रतिशत लाभांश दिने

हिमाल प्रेस २६ पुष २०७९ १७:३२
4
SHARES
लुम्बिनी विकास बैंकले १२ प्रतिशत लाभांश दिने

काठमाडौँ- लुम्बिनी विकास बैंक लिमिटेडले १२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

बैंकको १५औँ वार्षिक साधारण सभाले ९ प्रतिशत नगद, ३ प्रतिशत बोनश सेयरसहित कुल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

साधारण सभाले नयाँ सञ्चालक समितिको निर्विरोध चयनसमेत गरेको छ। जसमा संस्थापक सेयरधनीकोे तर्फबाट चिन्तामणि भट्टराई, रामचन्द्र सिग्देल र प्रविणकृष्ण श्रेष्ठ चयन भएका छन्।

त्यस्तै सर्वसाधारण सेयरधनीको तर्फबाट गणेशराज रेग्मी, अर्जुन थापा र केशव खतिवडा चयन भएको बैंकले जनाएको छ।

 

प्रकाशित: २६ पुष २०७९ १७:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =