प्रचण्डले भने : अहिले केही नयाँ भएको छ, म प्रधानमन्त्री भएको छु

हिमाल प्रेस २५ पुष २०७९ १७:५१
4
SHARES
प्रचण्डले भने : अहिले केही नयाँ भएको छ, म प्रधानमन्त्री भएको छु

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसपटक केही नयाँ भइरहेको बताएका छन्। सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक समारोहलाई सिंहदरबारमा सम्बोधन गर्दै उनले आफू प्रधानमन्त्री भएको कुरा नै नयाँ भएको बताएका हुन्।

‘केही दिनअघि मात्रै नेपाल सरकारका सचिवजीहरूलाई राखेर सरकारको के कुरामा जोड छ भन्नेबारे निर्देशन दिइसकेको छु। नेपाल सरकारको न्यूनतम साझा कार्यक्रम बनिसकेको छ,’ उनले भने, ‘यसअघि पनि यस्ता घोषणा गरेका थियौँ अस्ति हामीले समीक्षामा कार्यान्वयनमा गएको देखिएन। कार्यान्वयन नभएको तीतो अनुभव हामीसँग छ मसँग छ। यो पटक केही नयाँ भएको छ। नयाँ कुरा म प्रधानमन्त्री भएको छु। यसलाई मैले नयाँ ठानेको छु। यसपटक सुशासन सामाजिक न्यायको पक्षमा दृढताका साथ जानुको विकल्प छैन।’

जनमअभिमत अनुसारकै सरकार बनेकोले यसलाई सफल बनाउन सबै एक हुनुको विकल्प नभएको बताए। ‘यसलाई सफल बनाउन हामीले सम्पूर्ण तागत लगाउनुपर्छ। न्यूनतम साझा कार्यक्रम हाम्रो एकताको आधार हो। सामाजिक, आर्थिक, शिक्षा, स्वास्थ्य, परराष्ट्र नीतिलगायतलाई हामीले गम्भीर भएर अघि बढाउनुपर्नेछ’ उनले भने।

कर्मचारी राजनीतिक खिचातानीमा परेकोले काममा ‘ब्रेक’ लागिरहेको भन्दै यसपटक त्यस्तो नहुने उनको दाबी छ। ‘राजनीतिक खिचातानीका कारण कर्मचारीले काम गर्न नसक्ने अवस्था आउँदैन। मेरो कार्यकालमा त्यस्तो हुँदैन। कसैको दबाब, प्रलोभनमा नपरी राष्ट्र र जनताको निम्ति लाग्नु अपरिहार्य छ। अब नगरे कहिले गर्ने?’ प्रधानमन्त्रीले प्रश्न गरे।

प्रचण्डले आजको संसद् बैठकमा पनि नयाँ दल र पुराना दलका नेताले बोल्दा केही कुरा साझा रुपमा आएको बताए।

‘संसद्‌को पहिलो बैठकमा सबैले बोल्दा एउटा कुरा साझा आयो। एकातिर नयाँ दल नयाँ अठोटका साथ उपस्थित भएर आएका छन् पुराना दलहरू सच्चिनुपर्छ भनेर आएका छन्,’कसैले पनि पहिले जस्तै नेताहरूले भन्ने त हुन् नि नठान्नुहोला। प्रधानमन्त्रीको शपथ लिँदै गर्दा प्रधानमन्त्रीले निर्णय लिने शक्ति कति हुने होला भनेर सोधेको पाएँ। प्रधानमन्त्रीलाई कसैको दबाब र घेरामा चल्ने अवस्था छैन। प्रधानमन्त्रीले बरू निर्णय लिनुपर्ने हुन्छ।’

योपटक केही राम्रो काम गर्ने नराम्रो नगर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

प्रकाशित: २५ पुष २०७९ १७:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + thirteen =