हामी कुनै काण्डमा मुछिने छैनाैँ : गृहमन्त्री लामिछाने

हिमाल प्रेस २५ पुष २०७९ १४:२०
10
SHARES
हामी कुनै काण्डमा मुछिने छैनाैँ : गृहमन्त्री लामिछाने फाइल तस्बिर

काठमाडौँ- गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफूहरूले जनताबाट आशाको मत पाएको बताएका छन्। संसद्को पहिलो अधिवेशनलाई संसदीय दलको नेताका रूपमा सम्बोधन गर्दै उनले आफूहरूले पाएको मत निराशाको मत नभएको बताएका छन्।

‘हामीले पाएको मत निराशाको मत होइन, नेपाली जनताले दिएको आशाको मत हो,’ उनले भने, ‘जनताले हामी नयाँ पार्टीलाई नमात्तिने र अन्य राजनीतिक दललाई पनि सच्चिनुपर्छ भन्ने गरी मत दिनुभएको छ।’

यस्तै उनले साझा न्यूनतम कार्यक्रममार्फत् जनताका अपेक्षा सम्बोधन गरिने बताए । ‘जनताले दिएको मतलाई सम्मान गर्दै साझा न्यूनतम कार्यक्रममार्फत सम्बोधन गर्ने गरी सरकार बनेको छ, यही नै जनतमतको सच्चा कदर हो जस्तो लाग्छ,’ उनले भने, ‘जनजीविकाका सबालमा निर्मम भएर अगाडि बढ्ने वाचा इमान्दारीपूर्वक गर्न सक्यौँ भने जनताले महसुस गर्ने गरी परिवर्तन आउनेछ र हामी निर्धक्क छौँ।’

यस्तै उनले आफू र आफू सम्बद्ध दलका सांसदहरू कुनै पनि अनियमिततामा नमुछिने बताएका छन् । ‘म र म सम्बद्ध दलका सांसद कुनै पनि किसिमका अनियमिततामा संलग्न हुने छैनौँ, नागरिकलाई दुःख कुनै काण्डमा मुछिने छैनौँ,’ उनले भने, ‘म र मेरा सांसदहरूका कारण जनताले शिर झुकाउनुपर्ने छैन।’ साथै उनले आफ्नो कर्तव्य पालनका सिलसिलामा चुकेमा कुर्सीमा झुन्डिनरहने बताए।

प्रकाशित: २५ पुष २०७९ १४:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =