नयाँ संसद्को पहिलो बैठक आज, यस्तो छ कार्यसूची

हिमाल प्रेस २५ पुष २०७९ ७:०२
2
SHARE
नयाँ संसद्को पहिलो बैठक आज, यस्तो छ कार्यसूची

काठमाडौँ- नयाँ संसद्को पहिलो बैठक आज बस्दैछ। बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।
बैठक दिउँसो १ बजेका लागि डाँकिएको छ।

यस्तै प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियुक्त भएको पत्र र मन्त्रिपरिषद् गठन भएको जानकारी पनि सदनलाई गराइने भएको छ।

सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन हुनेछ भने अधिवेशन शुभारम्भ भएको अवसरमा दलीय आधारमा सांसदहरूले आफ्नो मन्तव्य राख्नेछन् ।

प्रकाशित: २५ पुष २०७९ ७:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 1 =