नेपाल टि२० लिग : जनकपुरलाई लम्बिनीको १४४ रनको लक्ष्य

हिमाल प्रेस २४ पुष २०७९ १४:०४
8
SHARES
नेपाल टि२० लिग : जनकपुरलाई लम्बिनीको १४४ रनको लक्ष्य

काठमाडौँ- नेपाल टि२० लिगको पहिलो क्वालिफायरमा लुम्बिनी अल स्टार्सले जनकपुर रोयल्सलाई १४४ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङ गरेको लुम्बिनी अल स्टार्सले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा मध्यम योगफल तयार पार्दा इशान पाण्डेले सर्वाधिक ३८ रन बनाए।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा लुम्बिनीले खराब सुरुवात गरेको थियो। ओपनर हरमित सिंह पहिलो बलमै आउट भए भने अर्का ओपनर लाहिरु मिलान्था १६ रन बनाएर आउट भए।

मध्यक्रममा ब्याटिङ गरेका अनिल साह र विपुल शर्माले क्रमशः २४ र २० रन बटुले। त्यसैगरी कप्तान दीपेन्द्र सिंह ऐरीले १० रन बनाए भने शाड्ली भान शाल्विकको नाममा १७ रन रह्यो।

बलिङतर्फ जनकपुरका आशान प्रियाजन, सोमपाल कामी र जितेन्द्र मुखियाले दुई–दुई विकेट हात पारे। टे«भोन ग्रिफिथ र पवन सराफले एक–एक विकेट लिए।

प्रकाशित: २४ पुष २०७९ १४:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =