काठमाडौँ जिल्ला प्रशासनमा ‘टाइम कार्ड’ : नागरिकता एक घण्टाभित्रै, राहदानी ३० मिनेटमा

हिमाल प्रेस २१ पुष २०७९ १७:०५
86
SHARES
काठमाडौँ जिल्ला प्रशासनमा ‘टाइम कार्ड’ : नागरिकता एक घण्टाभित्रै, राहदानी ३० मिनेटमा

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौंका भइरहेका सेवा प्रवाहको अवस्थाका बारेमा जानकारी लिएका छन्। बिहीबार काठमाडौं प्रशासन कार्यालय पुगेर लामिछानेले विभिन्न सेवामा सुरु गरिएको टाइम कार्डको कार्यान्वयनको अवस्था, अन्य सेवा प्रवाहबारे जानकारी लिएका हुन्। सो क्रममा लामिछानेले सेवा प्रवालाई थप प्रभावकारी बनाउन निर्देशन दिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए।

उनले प्रशासन कार्यालयले सहज रुपमा सेवा दिनका लागि मन्त्रालयबाट आवश्यक सहयोग हुने समेत गृहमन्त्रीबाट प्रतिबद्धता आएको पनि जानकारी दिए।  प्रमुख जिल्ला अधिकारी उपाध्यायले प्रशासनबाट हुने सेवालाई समयवद्ध गर्दै नागरिकलाई सहज बनाउन १० वटा सेवामा टाइम कार्ड लागू गरिएको सुनाए।

प्रशासन कार्यालयले नागरिकता प्रमाणपत्र र नाबालक परिचयपत्र १ घण्टाभित्र, संस्था नवीकरण ३० मिनेटभित्र, राहदानी वितरण १५ मिनेटभित्र, राष्ट्रिय परिचयपत्र कार्ड वितरण ३० मिनेटभित्र , प्रशासनबाट हुने सिफारिसपत्र १ घण्टाभित्र, मुद्दाको पेशी र तारेख ३० मिनेटभित्र उपलव्ध हुने व्यवस्था गरिएको उपाध्यायले बताए।

प्रकाशित: २१ पुष २०७९ १७:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =