भारतमा ‘पठान’विरुद्ध प्रदर्शन

हिमाल प्रेस २१ पुष २०७९ १४:५६
8
SHARES
भारतमा ‘पठान’विरुद्ध प्रदर्शन

काठमाडौँ- भारतीय अभिनेता शाहरुख खान अभिनीत फिल्म ‘पठान’ को भारतमा विरोध भइरहेको छ। फिल्मको प्रचारप्रसारका क्रममा पनि निकै हंगामा भएको छ।

गुजरात, अहमदाबादमा फिल्मविरुद्ध प्रदर्शन गरिएको छ। प्रदर्शनकारीले फिल्मको पोस्टर च्यातेका छन्।

बजरंग दल र विश्व हिन्दू परिषद्का सदस्यले सिनेमा हलका सञ्चालकहरूलाई फिल्म प्रदर्शन नगर्ने धम्की दिएका छन्। फिल्म प्रदर्शनमा आए अझै उग्र विरोध गर्ने भन्दै प्रदर्शनकारीले थिएटर मालिकलाई हप्काएका छन्।

विश्व हिन्दू परिषद्ले त एक भिडियो नै साझा गरेको छ। जसमा दलका सदस्यहरू फिल्मविरुद्ध नारा लगाइरहेका छन्।

फिल्ममा शाहरुख खानसँगै दीपिका पादुकोण र जोन अब्राहमले काम गरेका छन्। फिल्म जनवरी २५ मा प्रदर्शनमा आउनेछ। डिसेम्बर १२ फिल्मको गीत ‘बेशर्म रङ’ सार्वजनिक भएको थियो।

त्यसका दीपिका लगाएका पहिरनको रङका कारण फिल्म विवादमा परेको छ। मध्ये प्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले गीतमाथि आपत्ति जनाएका थिए। हिन्दू जागरण मञ्चका सदस्यले मध्य प्रदेशको इन्दौरमा थिएटरअगाडि प्रदर्शन गरेका थिए।

प्रकाशित: २१ पुष २०७९ १४:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =